
साधारण सेयर निष्काशनको तयारीमा रहेको धौलागिरी लघुवित्त वित्तीय संस्थाले झन्डै ५०० प्रतिशतले खुद मुनाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।
धौलागिरीले गत आर्थिक बर्षको तुलनामा ४९३ प्रतिशतले बढाएर यस आर्थिक बर्षको दोस्रो त्रैमासमा २ करोड १५ लाख ९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा धौलागिरिले ३६ लाख २६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।
त्यस्तै यस अवधिमा धौलागिरी लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड ९६ लाख ३३ हजार पुगेको छ। गत आर्थिक बर्षको यस अवधिमा खुद ब्याज आम्दानी मात्रै ३ करोड ९५ लाख ३४ हजार थियो।
यस अवधिमा धौलागिरी लघुवित्तले ६१ करोड ८० लाख १९ हजार रुपैयाँ कर्जा सापटी लिएर १ अर्ब ४४ करोड ४८ लाख ५९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। जबकी गत आर्थिक बर्षको यस अवधिमा धौलागिरिले १५ करोड ३० लाख २७ हजार रुपैयाँ कर्जा सापटी लिएर ८८ करोड ३० लाख ८५ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो।
यो पनि: धौलागिरी लघुवित्तले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल
यस अवधिमा धौलागिरी लघुवित्तको चुक्तापुंजी ७० करोड रुपैयाँ रहेको छ भने रिजर्भमा १० करोड ५३ लाख १२ हजार रुपैयाँ रहेको छ। गत आर्थिक बर्षको यस अवधिमा रिजर्भमा मात्रै ५ करोड ७३ लाख ७० हजार थियो।
यस अवधिमा धौलागिरी लघुवित्तको खराब कर्जा अनुपात पनि ६.२६ प्रतिशतले घटेर ३.७५ प्रतिशतमा झरेको छ भने प्रति सेयर आम्दानी २० रुपैयाँ ७२ पैसाबाट बढेर अर्थात झन्डै २०० प्रतिशतले बढेर ६१ रुपैयाँ ४५ पैसा पुगेको छ।
धौलागिरी लघुवित्तले हालै मात्रै आईपिओ निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भए पश्चात् रु. १० करोड चुक्ता पुजि कायम हुनेछ।
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेड राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्र प्राप्त गरी २०७५÷११÷०१ देखी वित्तीय कारोबार गर्दै आईरहेको छ । संस्थाले बि.स. २०७८ पुष मसान्त सम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरि ३४,४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।