१३.४८ अंकले घट्यो नेप्से सूचक, एचआईडिसीएलको कारोबार उच्च, ३ कम्पनीमा पोजेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2022 | 03:43:37 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयरबजार परिसूचक नेप्से १३.४८ अंकले घटेको छ । आजको गिरावटपछि नेप्से सूचक २८७२.०५ को विन्दुमा पुगेको रोकिएको छ ।

आज कारोबारमा आएका २२५ कम्पनीका १ करोड १ लाख ५ हजार ६ सय ६९ कित्ता शेयर खरीद बिक्रिबाट ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५ सय ९८ रुपैयाँको कारोबार भएको छ । जस मध्ये एचआईडिसीएलको सबैभन्दा धेरै ५७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै अपर तामाकोशीको ३१ करोड ८२ लाख, नेपाल टेलिकमको ३१ करोड १८ लाख, अरुण भ्याली हाइड्रोको १८ करोड २६ लाख तथा जीवन विकास लघुवित्तको १७ करोड ७५ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका अन्य, माइक्रोफाइनान्स र लगानी बाहेकका सबै समुहगत सूचक घटेका छन् । विकास बैंक समुह सबैभन्दा धेरै २.१३ प्रतिशतले घटेको छ । लगानी समुह सबैभन्दा धेरै २.१८ प्रतिशतले बढेको छ ।

आज फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज माउन्टेन हाइड्रोको शेयर मूल्य सबै भन्दा धेरै ३.४४ प्रतिशतले घटेको छ भने सिभिल लघुवित्तको शेयर मूल्य ३.४२ प्रतिशतले र न्यादी हाइड्रोको शेयर मूल्य ३.१७ प्रतिशतले घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved