आज शेयर कारोबार नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2022 | 08:19:01 AM मा प्रकाशित

आज माघ १९ गते बुधबार शेयर कारोबार नहुने भएको छ । सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेसंगै सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ-संस्थाहरु बन्द रहने भएकोले शेयर कारोबार पनि नहुने भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आज माघ १९ गते बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ-संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved