सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2022 | 10:23:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको उक्त लाभांश प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।  

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी रु. १ अर्व १२ करोडको १५ प्रतिशतले हुन आउने रकम रु. १६ करोड ८० लाख वरावरको वोनस शेयर जारी गर्न तथा ०.७८९५ प्रतिशतले हुन आउने रकम रु. ८८ लाख ४२ हजार १ सय ५ रुपैया ( प्रस्तावित वोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ) नगद लाभांस समेत जम्मा १५.७८९५ प्रतिशत हुन आउने रकम रु. १७ करोड ६८ लाख ४२ हजार १ सय ५ लाभांस प्रस्ताव गरी , आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरण स्वीकृतिका लागि वीमा समितिमा पेश गर्ने निर्णय गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved