नेप्सेमा शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2022 | 08:34:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ  । कम्पनीको ३० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो  । 

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १५५०.७७ रुपैयाँ रहेको छ  ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १९८६ रहेको थियो  ।  कम्पनीले  कम्पनीले हकप्रद निष्काशनको लागि आज माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज नै मूल्य समायोजन भएको हो । माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले माघ २० गते कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।  

कम्पनीले  १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने  ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

कम्पनीले जेठ २५ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते स्वीकृति प्रदान गरेको हो। कम्पनीले हकप्रद निष्काशन गर्ने मिति तय गर्न बाँकि छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved