१५.६९ अंकले बढ्यो नेप्से, ५ अर्ब २ करोडको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2022 | 03:48:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । आइतबार ४० अंकले घटेको नेप्से सोमबार १५.६९ अंकले बढेर २८ सय ५१.८६ अंकमा पुगेको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ३‍.०५ अंकले बढेको छ । नेप्से र सेन्सेटिभ इन्डेक्स बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ५ अर्ब ८३ करोडको कारोबार भएकोमा सोमबार कारोबार रकम ५ अर्ब २ करोडमा सिमित भएको छ । 

आज कारोबारमा आएका २२४ कम्पनीका ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच भएका छन् ।

आज निफ्राको सेयर मूल्य ८.४२ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कारोबार पनि निफ्राकै भएको छ । 

नेशनल हाइड्रोपावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल दूरसञ्चार कम्पनी र नेपाल लाइफ इन्स्यारेन्सको कारोबार उच्च भएको छ । 

निफ्राबाहेक छ्याङ्दी हाईड्रो, सानिमा लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रो पावर कम्पनी र बोटलर्स नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved