५ औ पटक संशोधन भयो धितोपत्र दर्ता तथा निष्काशन नियमावली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2022 | 03:30:26 PM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र दर्ता तथा निष्काशन नियमावली ५ औ पटक संशोधन भएको छ । मन्त्रिपरिषद्कोको माघ २४ गते सोमबार बसेको बैठकले धितोपत्र दर्ता तथा निष्काशन ५ औ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्को बैठकले नियमावली स्वीकृत गरेसंगै अब नेपाल धितोपत्र बोर्डले तोकेको मितिबाट संशोधित नियमावली लागु हुने छ । 

हाल २०७६।११।०१ बाट धितोपत्र दर्ता तथा निस्काशन नियमावली २०७३ (चौथो संशोधन सहित )  कार्यन्वयनमा छ । चौथो संशोधनले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि समेत प्रयोगमा ल्याउने, प्रारम्भिक सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाका सञ्चालक तथा सेयरधनी कालो सूचीमा नरहेको हुनु पर्ने, सार्वजनिक निष्काशनमा प्रविधिको प्रयोग भएसँगै धितोपत्र निष्काशन खुला रहने अधिकतम अवधि ३० दिनबाट घटाई १५ दिन कायम गरिएको, सूचीकृत संगठित संस्थाको सञ्चालक समितिबाट हकप्रद सेयर निष्काशन सम्बन्धी निर्णय भएको बढीमा दुई महिनाभित्र उक्त प्रस्ताव साधारण सभामा पेश गर्नुपर्ने, सूचिकृत संगठित संस्थाका सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर १० प्रतिशत भन्दा कम नहुने गरी बिक्री प्रस्ताव मार्फत बिक्री गर्न सक्ने र संगठित संस्थाले विदेशी मुलुकको पुँजी बजारमा ऋणपत्र, डिबेञ्चर वा अन्य धितोपत्र विदेशी मुद्रामा जारी गर्न सक्ने जस्ता व्यवस्थाहरु गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved