आरम्भ चौतारी लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2022 | 10:48:04 AM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ चौतारी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट २१ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तको चुक्ता पूँजी रु २८६,७६३,१४८।-को २१ प्रतिशतले हुन आउने बोनश शेयर रु.६,०२,२०,२६१/-(अक्षरुपी छ करोड दुई लाख बिस हजार दुई सय एकसठ्ठी रुपैया मात्र) बितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved