नेप्से सीइओ कार्कीले गरे पदबहाली, लगानीकर्ताको हित प्रवर्द्धन गर्ने प्रतिवद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2022 | 11:07:29 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका कृष्णबहादुर कार्कीले पदबहाली गरेका छन् । उनले बुधबार नेप्से सञ्चालक समिति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि  पदबहाली गरेका हुन्।

पदबहालीको क्रममा नेप्सेमा कार्यरत कर्मचारीहरुसँगको सक्षिप्त परिचयात्मक कार्यक्रममा उनले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता, सदस्य धितोपत्र दलाल लगायतका सरोकारवालासँग कार्यशील सम्बन्ध बनाई मुलुकको आवश्यकता अनुसार पुँजी बजारको विकास तथा विस्तार, लगानीकर्ता, स्टक एक्सचेन्ज तथा कर्मचारीको हित प्रवर्द्धन गर्ने सन्दर्भमा सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

कार्कीलाई माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सीइओ नियुक्त गरेको हो । नेप्सेको सीईओका लागि डा. केशव श्रेष्ठ, डा. रमेशकुमार भण्डारी र कृष्णबहादुर कार्कीको नाम सिफारिस भएको थियो । ति मध्येबाट सरकारले कार्कीलाई सीइओ नियुक्त गरेको हो ।  कार्की बुढीगण्डकी जलविद्युत आयोजनाका वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्र्थापना इकाइ प्रमुख थिए। नेप्सेको सीईओमा नियुक्त भएपछि कार्कीले आयोजनाबाट राजीनामा दिएका छन्।  

नेप्से पछिल्लो ६ महिनादेखि नेतृत्त्व बिहिन अवस्थामा थियो । पदबाट चन्द्र सिंह साउदले २०७८ भदौ ८ गते राजिनामा दिएका थिए । प्रिमियम मुल्यमा आइपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा  खरीद गरिएको सार्वजनिक भएपछि उनले पदबाट राजिनामा दिएका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved