१८.४९ प्रतिशतले बढ्यो टेलिकमको खुद नाफा , रिजर्भमा साढे ७८ अर्ब, इपिएस ५१.९७ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2022 | 09:42:51 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १८.४९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब २८ करोड खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा बढेर ३ अर्ब ८९ करोड पुगेको छ ।

यस अवधिमा कम्पनीले सेवा बिक्रि वापत १९ अर्ब २० करोड आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले सेवा बिक्रि वापत १७ अर्ब ७२ करोड आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको रिजर्भ पनि बढेको छ। कम्पनीको रिजर्भ एण्ड सरप्लस ७४ अर्ब ६८ करोडबाट बढेर ७८ अर्ब ५८ करोड पुगेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी बढेर ५१.९७ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ ६२३.८९ रुपैयाँ, र पीई रेसियो २६.७६ रुपैयाँ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved