२०.७२ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा, शेयरमा १६ अर्ब ७३ करोड लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2022 | 10:01:35 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा नागरिक लगानी कोषको खुद नाफा २०.७२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३२ करोड २५ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा बढेर ३८ करोड ९४ लाख पुगेको छ । 

यस अवधिमा कम्पनीले यज आम्दानी बाट ८ करोड ८७ लाख , सेवा शुल्क तथा कमिशन आम्दानीबाट ५८ करोड ७२ लाख र विविध आम्दानी शिर्षकमा ३ लाख ८० हजार आम्दानी गरेको छ । 

यस अवधिमा कम्पनीले नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ५ करोड लगानी गरेको छ । त्यस्तै संगठित संस्थाको शेयरमा १६ अर्ब ७३ करोड लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले संगठित संस्थाको शेयरमा १२ अर्ब ४३ करोड लगानी गरेको थियो। कम्पनीले यस अवधिमा मुद्दती निक्षेपमा १ खर्ब ५ अर्ब लगानी गरेको छ । 

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी भने घटेर २४ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रति शेयर नेटवर्थ भने १६४ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब २७ करोड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved