नेप्सेमा थप २ कम्पनीको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2022 | 12:34:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार थप २ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ज्योति विकास बैंक र ल्युब ओईल लिमिटेडको बोनस शेयर सुचिकृत भएको हो । 

ज्योति विकास बैंकको ११ प्रतिशतले हुन आउने ४२ लाख २९ हजार ३ सय ५ दशमलव ०६ कित्ता बोनस शेयर तथा नेपाल ल्युब ओइलको ३० प्रतिशतले हुन आउने ९० हजार ५३ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । यस अघि हिजो आइतबार  नेप्सेमा बैंक अफ काठमांडू, लुम्बिनी विकास बैंक, हिमालयन डिस्टिलरी, आईसीएफसी फाइनान्स, मुक्तिनाथ विकास बैंक र एनसीसी बैंकको गरि कुल ३ करोड ७६ लाख ८० हजार ७ सय ४१ दशमलव ७१९ कित्ता बोनस शेयर सुचिकृत भएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved