ब्याजदर वृद्धिको निर्णय पुनरावलोकन गर्न इन्भेष्टर फोरमको माग, लगानीकर्तालाई संयमित हुन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2022 | 02:44:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर फोरमले सम्पूर्ण लगानीको क्षेत्रलाई असर गर्ने गरी अत्याधिक वृद्धि गरिएको ब्याजदरको यथासिघ्र पुनरावलोकन गर्न माग गरेको छ । पूजीबजारको दिगो विकास र विस्तारले मात्र देशको अर्थतन्त्र, उद्योग, कलकारखाना, व्यापार विस्तार हुने भन्दै फोरमले हालै बैंक वित्तीय संस्थाले सम्पूर्ण उद्योग, कलकारखाना व्यापार र लगानीकर्ताको भावना र मर्म विपरित एकतर्फी रुपमा तरलताको संकट देखाउँदै गरेको ब्याजदर वृद्धिको निर्णय पुनरावलोकन गर्न आग्रह गरेको हो ।

त्यस्तै फोरमले आर्थिक समृद्धि अभियानलाई मुर्तरुप दिन आवश्यक पर्ने स्वदेशी पूँजी निर्माणको निर्विकल्प आधार पूँजीबजार भएको हुनाले पूँजीबजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारीहरू तथा निकायहरू अझ बढि गम्भीर हुनको लागि अनुरोध गरेको छ । यस्तो विषम परिस्थितिमा लगानीकर्तालाई संयम र धैर्यता अपनाएर सुझबुझका साथ लगानी गर्न पनि फोरमले अनुरोध गरेको छ ।

यस्तो छ फोरमको विज्ञप्ति: 

दशकौको राजनीतिक अन्योललाई पार गर्दै अबका दिनमा राष्ट्रले आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्नेछ भन्ने नयाँ सरकारको मुख्य लक्ष्यका साथ अगाडी बढिरहेको अवस्थामा लगानीकर्ताहरूमा निकै उत्साह थपिनुका साथै अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पूँजीबजार विभिन्न समयमा भएका अस्थिर नीतिगत परिवर्तनले अत्याधिक उतारचढावको सामना गर्न लगानीकर्ता बाध्य हुनु परेको छ ।

विगतमा लगानीका अन्य क्षेत्रहरू सुशुप्त रहेको अवस्थामा विद्यार्थीदेखि शिक्षक, प्राध्यापकसम्म, निजामती कर्मचारीदेखि सेना तथा प्रहरीसम्म, गृहणीदेखि सेवा निवृत व्यक्तिहरूसम्म, ठुला व्यवसायिक घरानादेखि साना व्यवसायिहरूले आफ्नो बचत तथा ऋण रकमलाई यसै क्षेत्रमा लगानी गरेको कुरा विगत ५ वर्षको तथ्याङ्कबाट प्रष्ट देख्न सकिन्छ।

पूजीबजारको दिगो विकास र विस्तारले मात्र देशको अर्थतन्त्र, उद्योग, कलकारखाना, व्यापार विस्तार हुने हुँदा हालै बैंक वित्तीय संस्थाले सम्पूर्ण उद्योग, कलकारखाना व्यापार र लगानीकर्ताको भावना र मर्म विपरित एकतर्फी रुपमा तरलताको संकट देखाउँदै सम्पूर्ण लगानीको क्षेत्रलाई असर गर्ने गरी अत्याधिक वृद्धि गरिएको ब्याजदरको यथासिघ्र पुनरावलोकन गर्न नेपाल इन्भेष्टर्स फोरम सम्बन्धित निकायसँग अनुरोध गर्दछौं ।

आर्थिक समृद्धि अभियानलाई मुर्तरुप दिन आवश्यक पर्ने स्वदेशी पूँजी निर्माणको निर्विकल्प आधार पूँजीबजार भएको हुनाले पूँजीबजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारीहरू तथा निकायहरू अझ बढि गम्भीर हुन र यस्तो विषम परिस्थितिमा लगानीकर्ता साथीहरू संयम र धैर्यता, सुझबुझका साथ लगानी गर्नुहुन विनम्र अनुरोध गर्दछौं।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved