५३.३० अंकले बढ्यो नेप्से सूचक, हाइड्रोपावर समुहमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2022 | 03:23:36 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५३.३० अंकले बढेर २७५४.२८ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २२४ कम्पनीका ६३ लाख ४३ हजार २ सय २८ कित्ता शेयर खरीद बिक्रिबाट ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६ सय १४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै २२ करोड ७७ लाख, नेशनल हाइड्रोको १८ करोड ५३ लाख, नेपाल टेलिकमको १८ करोड २१ लाख, अरुण भ्याली हाइड्रोको १३ करोड ५३ लाख तथा जीवन विकास लघुवित्तको १३ करोड २८ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये हाइड्रोपावर समुह सबैभन्दा धेरै ४.३२ प्रतिशतले , तथा अन्य समुह ३.३८ प्रतिशतले बढेको छ ।

आज न्यादी हाइड्रोको शेयर मूल्य १० प्रतिशतले तथा तेह्रथुम पावरको शेयर मूल्य ८.७० प्रतिशत र हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य ७.७५ प्रतिशतले बढेको छ । आज धेरै गुमाउनेमा सामुहिक लगानी कोष योजनाहरु रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved