नेप्सेमा ४ कम्पनीको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2022 | 03:36:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज ४ वटा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज ४ कम्पनीको गरि कुल २ करोड ३४ लाख ३७ हजार १ सय ४८ दशमलव ८५१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज नेपाल इन्भेष्टमेन्ट बैंकको १२.६११ प्रतिशतले हुन आउने २ करोड ५ लाख २ हजार १ सय १८ दशमलव २३ कित्ता बोनस शेयर , मेरो माइक्रोफाइनान्सको २० प्रतिशतले हुन आउने २० लाख कित्ता बोनस शेयर , महिला लघुवित्तको ४७.५ प्रतिशतले हुन आउने ४ लाख ७५ हजार कित्ता बोनस शेयर र सिभिल लघुवित्तको १९ प्रतिशतले हुन आउने ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved