निफ्रा र इमर्जिङ नेपालका २ संचालकले एउटा कम्पनी छोड्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2022 | 10:49:50 AM मा प्रकाशित

laxmi  sunrise bank

इमर्जिङ नेपाल लिमिटेडको आईपिओ नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएपछि कम्पनीका २ जना संचालकले इमर्जिङ नेपाल वा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको संचालक पद छोड्नु पर्ने भएको छ । २ जना संचालक दुवै कम्पनीमा रहेका कारण उनीहरुले २ मध्ये १ मा मात्र संचालक पदमा रहन पाउने भएको हो ।

दुवै कम्पनीमा संचालकको रुपमा रहनेमा लालमणि जोशी र लिमा अधिकारी आचार्य हुन् । यी २ जना इमर्जिङ नेपाल लिमिटेड र निफ्रा दुवै कम्पनीको संचालक हुन्। लालमणि जोशी निफ्रामा इमर्जिङ नेपाल लिमिटेडलाई नै प्रतिनिधित्व गर्दै संचालकको रुपमा रहेका हुन् । निफ्रामा इमर्जिङ नेपाल लिमिटेडको पनि लगानी रहेकोले उनी इमर्जिङ नेपाललाई प्रतिनिधित्व गर्दै निफ्रामा संचालक छन् । इमर्जिङ नेपालमा जोशी आफै अध्यक्ष छन् ।

त्यस्तै लिमा अधिकारी आचार्य सर्वसाधारण शेयरधनी समुहबाट निफ्रामा संचालक पदमा छिन् । इमर्जिङ नेपालमा भने उनी स्वतन्त्र संचालकको रुपमा छिन् ।

कम्पनी ऐनले एउटा कम्पनीको संचालक रहेको व्यक्ति अर्को कुनै  समान उद्देश्य भएको कम्पनीको सञ्चालक हुन नपाउने ब्यबस्था गरेको छ । ऐनको दफा ८९ को उपदफा छ मा भनिएको छ 'समान उद्देश्य भएको अर्को कुनै कम्पनीको सञ्चालकआधारभूत शेयरधनीकर्मचारीलेखापरीक्षक वा सल्लाहकार पदमा बहाल रहेको वा त्यस्तो कम्पनीमा कुनै पनि प्रकारको निजी स्वार्थ भएका व्यक्ति अर्को कम्पनीमा संचालक पदमा नियुक्त हुन सक्ने छैन


साथै नेपाल धितोपत्र बोर्डले जारी गरेको सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको दफा १३ को उपदफा ३ मा कुनै सञ्चालकले उस्तै प्रकृतिको उद्देश्य भएको सूचिकृत संस्थाको सञ्चालकतलवी पदाधिकारीकार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गर्न नहुने ब्यबस्था गरेको छ।

निफ्रा र इमर्जिङ नेपाल लिमिटेड समान उदेश्य भएका कम्पनी हुन् । आईपिओ निष्काशन गर्दा दुवै कम्पनीले सार्वजनिक गरेको विवरणमा आफुले पूर्वाधार विकासमा लगानी गर्ने उदेश्य लिएको उल्लेख गरेका छन् । त्यस्तै दुवै कम्पनीले डिबेन्चर जारी गर्ने उल्लेख गरेका छन् । 

नेपाल धितोपत्र बोर्ड आईपिओ निष्काशनको अनुमति दिने क्रममा पनि यी दुवै कम्पनीलाई इन्भेष्टमेन्ट कम्पनीको समुहमा राखेर आईपिओ निष्काशनको अनुमति दिएको हो । नेप्सेमा सुचिकृत हुदा पनि इमर्जिङ नेपाल हाल निफ्रा रहेकै इन्भेष्टमेन्ट समुहमा रहेर सुचिकृत हुने छ ।

निफ्राले आफ्नो विवरणपत्रमा उल्लेख गरेको उदेश्य:

(क) पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्ने,

(ख) पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने,

(ग) पूर्वाधार विकास सम्बन्धी परियोजनाहरु निर्माण तथा सञ्चालनको लागि आवश्यक मेसिन, उपकरण तथा औजारको खरिद, बिक्री वा आपूर्ति वा जडान सम्बन्धी कारोबारका लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने,

(घ) राष्ट्र बैंकको स्वीकृती लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जटाउनको लागि विभिन्न

प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने,

(ङ) दीर्घकालिन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिबेन्चर जारी गरी श्रोत परिचालन गर्ने, 

(च) राष्ट्र बैंकको स्वीकृती लिई लिजिङ्ग कारोबार गर्ने,

(छ) विदेशी बैंक तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्ने,

(ज) राष्ट्र बैंकले तोकेको अन्य कार्य गर्ने, 


इमर्जिङ नेपालले आफ्नो विवरणपत्रमा उल्लेख गरेको आफ्नो उदेश्य :

(क) देश आर्थिक विकाशको मुख्य आधार पूर्वाधारको निर्माण तथा विकास (इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट) भएको हुँदा पुर्वाधारको रुपमा रहेको फाष्ट ट्रयाक, सुरङ्ग मार्ग, एयरपोर्ट, सडक, प्रविधि, जल विद्युत निर्माण, वितरण, पूर्वधार सम्बन्धि वित्तीय संस्था, खानी, लगायतका, व्यवसायका क्षेत्रहरुमा स्वदेशी तथा विदेशी संस्थाहरुसंग मिली अध्ययन अनुसन्धान गर्ने, प्रतिवेदन तयार गर्ने, लगानी गर्ने, स्थापना गर्ने, संचालन गर्ने, विभिन्न लगानीका क्षेत्रहरु पहिचान गर्ने, सो सम्बन्धी परामर्शदाताको रुपमा कार्य गर्ने । पूर्वाधार विकासको आवश्यकता अनुसार स्वदेशी÷विदेशी परामर्शदाताहरुसंग परामर्श लिने, पूर्वाधार सम्बन्धी गोष्ठी÷कार्यशाला÷तालिम आयोजना गर्ने÷गराउने । राष्ट्रको पूर्वाधार आवश्यकताको पहिचान गरी, सो सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने÷गराउने ।

(ख) प्रचलित कानूनको अधीनमा रही स्वीकृत लिनु पर्नेमा लिई पूर्वाधार विकासको रुपमा रहेको फाष्ट ट्रयाक, सुरुङ्ग मार्ग, एयरपोर्ट, सडक, प्रविधि विकास, जलविद्युत निर्माण, वितरण गर्ने, लगायतका कम्पनीले, उपयुक्त देखेका लगानीका क्षेत्रहरुमा स्वदेशी वा विदेशी संघ संस्था, बैंक, नेपाल सरकार तथा व्यक्ति विशेषसंग मिली यो कम्पनीका संस्थापक भई एकल वा संयुक्त रुपमा औद्योगिक व्यवसाय, पर्यटन, केवुलकार, विद्युत उत्पादन प्रशारण, पूर्वाधार विकास बैंक, प्रविधि विकास लगायतका विषयहरुसंग सम्बन्धित कम्पनीहरुमा लगानी गर्ने, स्थापना गर्ने, संचालन गर्ने÷गराउने, सो सम्बन्धी परामर्श दाताको रुपमा कार्य गर्ने ।

(ग) विभिन्न पब्लिक लिमिटेड कम्पनीहरु, पूर्वाधार विकाश संग सम्बन्धित कम्पनीहरुमा लगानी गर्ने, गराउने, आवश्यक श्रोतको व्यवस्था गर्ने ।

(घ) प्रचलित कानून बमोजिम संस्थापना भएका कम्पनीहरुको आर्थिक, व्यवस्थापकीय, कानूनी, प्रशासनिक प्राविधिक तथा अन्य क्षेत्रसंग सम्बन्धित परामर्श सेवा लगायतको सेवाहरु प्रदान गर्ने, गराउने ।

(ङ) प्रचलित कानूनको अधिनमा रही विभिन्न प्रकारका बोण्ड तथा डिबेन्चर जारी गर्ने ।

(च) राष्ट्रलाई फाइनान्सीयल, एजुकेशनल, मेडिकल, टुरीजम हब को रुपमा विकास गर्ने, संभाव्यता अध्ययन लगायतमा सम्पूर्ण काम गर्ने÷गराउने र सो सम्बन्धी संस्थाहरुमा लगानी गर्ने÷स्थापना गर्ने, उच्च प्रविधिको व्यवस्था गर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved