नेप्सेमा ८५ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2022 | 02:31:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार ८५ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० प्रतिशतले हुन आउने ८५ लाख ७२ हजार २ सय ३० दशमलव ८१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

यस अघि हिजो मंगलबार ४ कम्पनीको गरि कुल २ करोड ३४ लाख ३७ हजार १ सय ४८ दशमलव ८५१ कित्ता बोनस शेयर सुचिकृत भएको थियो । हिजोआज नेपाल इन्भेष्टमेन्ट बैंकको १२.६११ प्रतिशतले हुन आउने २ करोड ५ लाख २ हजार १ सय १८ दशमलव २३ कित्ता बोनस शेयर , मेरो माइक्रोफाइनान्सको २० प्रतिशतले हुन आउने २० लाख कित्ता बोनस शेयर , महिला लघुवित्तको ४७.५ प्रतिशतले हुन आउने ४ लाख ७५ हजार कित्ता बोनस शेयर र सिभिल लघुवित्तको १९ प्रतिशतले हुन आउने ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved