आज मन्त्रिपरिषद्को बैठक बस्दै, धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त हुन सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2022 | 11:57:10 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै छ। आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो 

यो मन्त्रिपरिषद्को नियमित बैठक हो । सामान्यतया मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहिबार बस्ने गरेको छ । तर प्रधानमन्त्रीले आवश्यकता अनुसार जुनसुकै बेला मन्त्रिपरिषद्को बैठक बोलाउन सक्ने छन् । 

आज बस्ने बैठकले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न सक्ने बताईएको छ ।  बोर्ड अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले बोर्ड अध्यक्षमा नियुक्त गर्नको लागि कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाईसकेको छ । 

अब मन्त्रिपरिषद्को बैठकले यी ३ जना मध्येबाट १ जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्ने छ । यस संगै करिब ५ महिनापछि बोर्डले नेतृत्त्व पाउने अवस्था बनेको छ। 

 सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच नेप्से र धितोपत्र बोर्डको भागबण्डा मिलेपछि धितोपत्र बोर्ड अध्यक्षमा पनि छिटो नियुक्ति हुने भएको हो। बोर्ड अध्यक्षको लागि १५ जनाको आवेदन परेको थियो । आवेदन दिनेमा डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाई, डा नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने , कृष्णराज पोखरेल, डा जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया , डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरि र हेमन्त बस्याल रहेका थिए। 

 बोर्डको अध्यक्ष हुनको लागि स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनु पर्ने ब्यबस्था ऐनले गरेको छ ।

आज नै साँझ ५ बजे एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक डाकिएको छ । 

यो पनि : धितोपत्र बोर्डमा पुनर्बहालीको माग गरेका भिष्म ढुंगानाको मुद्दामा आज सुनुवाई हुदै


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved