निफ्रा सहित ३ कम्पनीको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2022 | 03:38:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार ३ कम्पनीको गरि २ करोड ४० लाख कित्ता बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा निफ्रा, सिभिल बैंक र शाइन रेसुंगाको गरि कुल २ करोड ४० लाख ४७ हजार २ सय ८१ दशमलव ४७२५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज सिभिल बैंकको ५ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८ सय ३० दशमलव ४२ कित्ता बोनस शेयर, निफ्राको ८ प्रतिशतले हुन आउने १ करोड ६० लाख कित्ता बोनस शेयर र शाइन रेसुंगाको १०.९३ प्रतिशतले हुन आउने ३७ लाख २५ हजार ४ सय ५१ दशमलव ०५२५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved