जीवन विकास लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2022 | 10:27:38 AM मा प्रकाशित

laxmi  sunrise bank

जीवन विकास लघुवित्तले बम्पर लाभांश घोषणा गरेको छ। कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले  हालको चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुँजी ६० करोड ६४ लाख रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved