'बजारको चिन्ता भएरै यहाँ छु, साना लगानीकर्तालाई बचाउने मेरो उदेश्य': धितोपत्र बोर्ड अध्यक्ष हमाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2022 | 11:35:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष रमेश कुमार हमालले पुँजीबजारबारे चिन्तित भएरै आफु बोर्डमा आईपुगेको बताएका छन्। आइतबार बोर्डमा पदबहाली गर्ने क्रममा उनले लगानीकर्ता, बोर्डका कर्मचारी र सरकारलाई पनि बजारको बारे चिन्ता भएको बताएका हुन् 

उनले साना लगानीकर्तालाई मर्का पर्न नहुने बताए । उनले भने 'साना लगानीकर्तालाई नबचाउने बजारको कहिल्यै पनि दिगो विकास हुन सक्दैन, मेरो अहिलेको उदेश्य भनेको साना लगानीकर्तालाई कसरि बचाउने, र उनीहरुको लगानी जोखिममा नपरोस् भन्ने हो'। 

बजारलाई कसरी स्वस्थ बनाउने र कसरि पारदर्शी बनाउने भन्नेमा आफुले काम गर्ने बताए ।त्यस्तै उनले नियमनकारी निकाय नियामक नै हुनु पर्ने र कसैलाई अन्याय नहुने गरि काम गर्ने बताए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved