धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालद्वारा पदभार ग्रहण, के गरे पहिलो निर्णय ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2022 | 01:24:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन्। उनले आज बिहान ११ बजे खुमलटार स्थित बोर्डको कार्यलय पुगेर पदभार ग्रहण गरेका हुन् 

उनलाई बोर्डका कार्यकारी निर्देशक निरज गिरि, उपकार्यकारी निर्देशकहरु, तथा उच्च तहका कर्मचारीहरुले स्वागत गरेका थिए । अध्यक्ष हमालले बोर्डको लागि प्रयोग गरिने एकाउन्टिङ सफ्टवेयर र प्रशासनिक कार्यको लागि प्रयोग गरिने सफ्टवेयरबारे अध्ययन गरि बोर्डलाई सिफारिस गर्नेको लागि कमिटि गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । 

पदभार ग्रहण गर्दै उनले पुँजीबजारबारे चिन्तित भएरै आफु बोर्डमा आईपुगेको बताएका छन्। आइतबार बोर्डमा पदबहाली गर्ने क्रममा उनले लगानीकर्ता, बोर्डका कर्मचारी र सरकारलाई पनि बजारको बारे चिन्ता भएको बताएका हुन् 

उनले साना लगानीकर्तालाई मर्का पर्न नहुने बताए । उनले भने 'साना लगानीकर्तालाई नबचाउने बजारको कहिल्यै पनि दिगो विकास हुन सक्दैन, मेरो अहिलेको उदेश्य भनेको साना लगानीकर्तालाई कसरि बचाउने, र उनीहरुको लगानी जोखिममा नपरोस् भन्ने हो'। 

बजारलाई कसरी स्वस्थ बनाउने र कसरि पारदर्शी बनाउने भन्नेमा आफुले काम गर्ने बताए ।त्यस्तै उनले नियमनकारी निकाय नियामक नै हुनु पर्ने र कसैलाई अन्याय नहुने गरि काम गर्ने बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved