नेप्सेमा ३ वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2022 | 03:03:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ४ कम्पनीको गरि कुल २ करोड ६७ लाख ५८ हजार ४ सय ७४ दशमलव ४१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

आज सनराइज बैंक, लक्ष्मी बैंक, नेपाल बंगलादेश बैंक र गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो । सनराइज बैंकको ६.६५ प्रतिशतले हुन आउने ६३ लाख ९ हजार ४ सय ८३ दशमलव ०९ कित्ता बोनस शेयर , लक्ष्मी बैंकको ८ प्रतिशतले हुन आउने ८५ लाख ५६ हजार ५ सय ५१ दशमलव ८९ कित्ता बोनस शेयर , नेपाल बंगलादेश बैंकको १२ प्रतिशतले हुन आउने १ करोड ८ लाख ५ हजार ७ सय ८५ दशमलव ४३ कित्ता बोनस शेयर र गुराँस लाइफ इन्स्योरेन्सको ५.५००४ प्रतिशतले हुन आउने १० लाख ८६ हजार ६ सय ५४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन्   ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved