इमर्जिंङ नेपालको शेयर रजिष्ट्रारमा एनआईसी एसिया क्यापिटल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2022 | 08:21:46 AM मा प्रकाशित

laxmi  sunrise bank

इमर्जिंङ नेपाल लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले आज फागुन ९ गतेदेखि लागु हुने गरि एनआईसी एसिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो।

यस संगै इमर्जिंङ नेपालको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने लगायत कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु एनआईसी एसिया क्यापिटलले गर्ने छ।

कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए। 

आईपिओमा कुल २३ लाख ३१ हजार २ सय ५८ जनाको आवेदन परेकोमा २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या २३ लाख २८ हजार ७ सय ६ जना कायम भएको थियो । 

योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरीएको थियो । जस अनुसार गोलाप्रथाबाट ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले शेयर पाएका थिए । त्यस्तै शेयर पाएका ५१ हजार ६ सय ७० जनालाई सहभागी गराएर पुन गोलाप्रथा गर्दा ८ जनाले थप १ कित्ता शेयर पाएका थिए । यस हिसाबमा ८ जनाले ११ कित्ता शेयर पाएका छन् ।  

कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएपछि कारोबारमा आउने छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved