बुटवल पावरले नगद लाभांश लगानीकर्ताको खातामा पठायो, नआएको भए के गर्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2022 | 08:41:01 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनीले नगद लाभांश लगानीकर्ताको खातामा पठाएको छ । कम्पनीले २०७८ पौष २६ गते, सोमबारका सम्पन्न २९ औ वार्षिक साधारण सभाबाट पारित भए बमोजिम कम्पनीका शेयरधनीहरूलाई प्रति कित्ता रू. १० (अक्षरूपी दश रूपैया) का दरले वितरण गरिने नगद लाभांश शेयरधनीहरूको हितग्राही खातामा उल्लेखित बैंक खातामा मिति २०७८/१०/२७ गतेदेखि जम्मा गरिसकिएको जनाएको हो ।

 हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंकको खाता अपडेट नगर्ने शेयरधनीहरूको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो बैंक खाता सम्बन्धी विवरण अपडेट गराउन कम्पनीले अनुरोध गरेको छ। आफनो शेयरको प्रमाणपत्रहरू डिम्याट नगरेका शेयरधनीहरूको हकमा आफुसंग भएको शेयर प्रमाणपत्रहरू डिम्याट गराए पश्चात मात्र सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ।

अतः हालसम्म पनि डिम्याट खाता खोल्न बाँकी रहेका शेयरधनीहरूले कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लि., नारायणचौर, नक्साल वा आफ्नो पायक पर्ने निक्षेप सदस्यकोमा सम्पर्क गरी डिम्याट खाता खोलि आफ्नो शेयर प्रमाणपत्र जम्मा गर्न कम्पनीले अनुरोध गरेको छ। साथै शेयरधनी दर्ता किताव बन्द हुनु भन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरूले आफ्नो शेयर प्रमाणपत्रहरू धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र (No Objection Letter) प्राप्त भए पश्चात् मात्र सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved