
आगामी फागुन २३ गतेबाट पाँचथर पावर कम्पनीको ७८ लाख कित्ता बढी शेयर कारोबार योग्य हुने भएको छ। कम्पनीको सस्थापक शेयरधनीहरुको स्वामित्वको ७७ लाख कित्ता तथा आयोजना प्रभावित स्थानिय बासिन्दामा बाँडफाँड भएको १ लाख ७४ हजार ७ सय ५० कित्ता र कर्मचारीको लागी बाँडफाँड भएको ९ हजार ५ सय ९८ कित्ता गरि जम्मा ७८ लाख ८४ हजार ३ सय ४८ कित्ता शेयर कारोबार योग्य हुने भएको हो ।
यी शेयर बाँडफाँड भएको ३ वर्ष पुरा हुने भएकोले लकिङ पिरियड सकिने भई २०७८ फाल्गुन २३ गतेबाट कारोबार योग्य हुने भएको हो । सो मितिपछि ति शेयर दोस्रो बजारमा सर्वसाधारण शेयर सरह खरिद बिक्रि गर्नको लागि कारोबार योग्य हुने भएका हुन्।
कम्पनीले १४.९ मेगावाटको क्षमताको हेवा खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ।