नेप्सेमा २ कम्पनीको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2022 | 03:14:47 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज २ कम्पनीको गरि कुल १९ लाख २४ हजार ५ सय ११ दशमलव ३३ कित्ता बोनस शेयर सुचिकृत भएको हो।

आज गुह्वेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाईनान्सको १० प्रतिशतले हुन आउने ८ लाख ६४ हजार कित्ता बोनस शेयर र मितेरी डेभलपमेन्ट बैंकको १३.३० प्रतिशतले हुन आउने १० लाख ६० हजार ५ सय ११ दशमलव ३३ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै शेयर आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved