नेप्सेमा ३ वाणिज्य बैंकको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2022 | 02:56:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार ३ वाणिज्य बैंकको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ३ वाणिज्य बैंकको गरि कुल ६ करोड ३३ लाख ३३ हजार ९ सय ९५ दशमलव ००४५ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

आज नेप्सेमा कृषि विकास बैंकको २० प्रतिशतले हुन आउने २ करोड १९ लाख ७९ हजार ८ सय ५९ दशमलव ६०४५ कित्ता बोनस शेयर, सिद्धार्थ बैंकको १४.२५ प्रतिशतले हुन आउने १ करोड ५६ लाख २१ हजार २ सय ७६ दशमलव ३६ कित्ता बोनस शेयर र प्राइम कमर्शियल बैंकको १६ प्रतिशतले हुन आउने २ करोड ५७ लाख ३२ हजार ८ सय ५९ दशमलव ०४ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै शेयर आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved