नेपालमा डिम्याट खाताको संख्या ५० लाख नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2022 | 03:36:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा डिम्याट खाताको संख्या ५० लाख नाघेको छ । सिडीएस एण्ड क्लियरिङको तथ्यांक अनुसार आज फागुन १५ गते आइतबारसम्म डिम्याट खाताको संख्या ५० लाख ७ हजार २ सय ४२ पुगेको छ । 

पछिल्लो ५ महिनाको अवधिमा ५ लाख डिम्याट खाता थपिएका हुन्  । गत असोज २२ गते शुक्रबारसम्म डिम्याट खाताको संख्या ४५ लाख १६ हजार ३६ थियो । 

डिम्याट खाताको संख्या ह्वात्तै बढेपछि यो वर्षमा अघिल्लो वर्षको रेकर्ड तोडिने निश्चित छ । आर्थिक वर्ष ७७/७८ मा कुल २० लाख ३१ हजार ६ वटा डिम्याट खाता खुलेका थिए। आर्थिक वर्ष ७६/७७ मा कुल १ लाख ८१ हजार ६३ वटा डिम्याट खाता खुलेका थिए ।  

यस अवधिमा मेरोशेयर खाता भने ४१ लाख १९ हजार २१ वटा रहेको छ । हाल ८२ कम्पनीले डिपी अर्थात् डिम्याट खाता खोल्ने सेवा प्रदान गरिरहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved