केन्द्रीकृत केवाईसीको परिक्षण सुरु, एक महिनाभित्र पुरै सिस्टम तयार हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2022 | 12:03:46 PM मा प्रकाशित

laxmi  sunrise bank

अबको १ महिना भित्र केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सीकेवाईसी) तयार हुने भएको छ। केन्द्रीय निक्षेप प्रणाली सिडीएससीका अनुसार भेन्डर कम्पनीले प्रारम्भिक सिस्टम तयार पारेर सिडीएससीलाई डेलिभर गरिसकेको छ । 

सिडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार हाल उक्त सिस्टमको परिक्षण भईरहेको र सुधार गर्नु पर्ने विषयमा कमेन्ट दिएर भेन्डर कम्पनीले सिस्टममा परिमार्जनको काम गरिरहेको छ । सम्झौता अनुसार ६ महिनाभित्रमा स्मपूर्ण काम सकिनु पर्ने भएपनि कोभिडको कारण जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको कारण सहज रुपमा कम गर्न नसकिएकोले १ महिनाको समय थप गरिएको छ । अब १ महिना भित्र कमेन्ट पठाईए अनुसारको परिमार्जन गरेर भेन्डर कम्पनीले सीटम सिडीएसलाई बुझाउने प्रवक्ता न्यौपानेले बताए । सिस्टम तयार भएपछि युएटि अर्थात् युजर एक्सेपटेन्स टेस्टिङ गरिने र त्यसपछि सीकेवाईसी लागु हुने उनले बताए। युएटिको लागि १ महिनाको समय छुट्याईएको उनले बताए ।

सीकेवाईसीको सिस्टम बनाउने ठेक्का प्रोफेसनल कम्प्युटर सिस्टम (पिसिएस) ले पाएको हो ।  ११ कम्पनीले आशयपत्र पेश गरेकोमा आशयपत्रको मुल्यांकनको आधारमा ३ कम्पनीलाई सर्टलिस्ट गरि ति ३ मध्येबाट पिसिएसलाई छनौट गरिएको थियो । सर्तलिस्टमा प्रोफेसनल कम्प्युटर सिस्टम, वाईको प्रालि, र रेडीयन्ट इन्फोटेक नेपाल परेका थिए ।  

नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्वन्धी कार्य संचालन निर्देशिका,२०७७ स्वीकृत गरेपछि सोहि अनुसार  सीकेवाईसी तयार गरिन लागेको हो। यसले लगानीकर्ताहरुलाई धितोपत्र बजार मार्फत प्राप्त हुने सेवा सुविधा तथा सोसंग सम्वन्धित प्रक्रियामा समसामयिक सुधार गरी थप सहज एवं छरितो बनाउने बोर्डको विश्वास छ।

यो लागु भएपछि लगानीकर्ताहरुले घरैबाट केवाइसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत वा केवाईसी दर्ता प्रतिनिधिकोमा आफै व्यक्तिगत पहिचान सहितको केवाईसी विवरण भर्न सक्ने छन् ।  त्यस्तो प्रणाली भित्र रहेको केवाईसी विवरण धितोपत्र बजार भित्र सबै निकायले प्रयोग गर्न सक्ने छन् ।

सेवा सुरु भएपछि धितोपत्र वजारमार्फत सेवा लिन चाहने लगानीकर्ताले एकै खालको विवरण धेरै ठाउँमा पेश गर्नु पर्ने झण्झटिलो व्यवस्थामा सुधार आई लगानीकर्तालाई धितोपत्र कारोवार प्रक्रियामा थप सहज एवं सरल हुने तथा समग्र धितोपत्र वजार प्रविधिमैत्री हँुदै गई बजार विकासमा समेत थप टेवा पुग्ने विश्वास रहेको छ । यो लागु भएपछि हाल भईरहेका मल्टीपल डिम्याट एकाउन्टको स्पष्ट खुल्ने छन्। साथै धितोपत्र बजारमा जहाँ जहाँ केवाईसी भर्नु पर्छ ति स्थानमा एउटै कोड अर्थात् आइडीले नै केवाईसीको काम गर्ने छ । यद्यपि त्यसको लागि १ पटक भने आफ्नो केवाईसी अपडेट गर्नु पर्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved