पुँजीबजारमा देखिएका समस्या समाधान गर्न टास्क फोर्स बनाएका छौ : बोर्ड अध्यक्ष हमाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2022 | 02:45:38 PM मा प्रकाशित

laxmi bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पुँजी बजारमा देखिने हरेक समस्या समाधानको लागि टास्क फोर्स गठन गरेको बताएका छन् । अर्थ मन्त्रालयमा भएको पुँजीबजार समबन्धि छलफलमा अध्यक्ष हमालले बजारमा केहि समस्या आउना साथ समाधान गर्नको लागि टास्क फोर्स गठन गरि नयाँ अभ्यास थालिएको बताएका हुन् 

उनले वित्तीय साक्षरतामा पनि जोड दिएका छन्  । लगानीकर्तामा वित्तीय साक्षरता कम रहको भन्दै यसमा काम गर्नु पर्ने बताएका छन्  । त्यस्तै उनले विदेशको उत्कृष्ट अभ्यास अवलम्बन गरेर क्यापिटल मार्के इन्स्टिच्युट स्थापना गर्न पनि आफुले काम गरिरहेको बताएका छन्  । कमोडिटी बजार सुरु गर्न केहि नियमावली आवश्यक रहेको, बजारमा इन्साइडर ट्रेडिङ, पम्पिङ एन्ड डम्पिङ, कर्नरिङ जस्ता विकृति रोक्न प्रविधि आवश्यक रहेको, बन्ड मार्केट विकास गर्नु पर्ने, ब्रोकर कमिशन परिमार्जन गर्नु पर्ने आवश्यकता रहेको बताए ।

अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्ड र नेप्सेका प्रमुखहरुलाई बोलाएर पुँजीबजारबार  छलफल गरेका हुन् । छलफलमा मन्त्री शर्माले पुँजीबजारमा इन्साइडर ट्रेडिङ र सर्कुलर ट्रेडिङ आफुलाई मान्य नहुने बताएका छन्। अर्थ मन्त्रलायमा औओजित पुँजीबजार सम्बन्धी छलफल कार्यक्रममा मन्त्री शर्माले नेपाल स्टक एक्सचेन्ज नेप्से र नेपाल धितोपत्र बोर्डको नयाँ नेतृत्वलाई निर्देशन दिदै सर्कुलर ट्रेडिङ, इन्साइडर ट्रेडिङ र पम्प एण्ड डम्प मान्य नहुने बताएका हुन् । 

उनले बजारमा सर्कुलर ट्रेडिङ, इन्साइडर ट्रेडिङ र पम्प एण्ड डम्प भई नै रहेको भन्दै यसलाई रोक्न निर्देशन दिएका हुन्। 

उनले पुँजीबजारलाई उत्पादन मुलुक र पूर्वाधारको क्षेत्रको लागि पुँजी जुटाउने थलोको रुपमा विकास गर्न पनि भनेका छन् ।  आफुलाई बजारबारे धेरै उजुरी र गुनासो आउने गरेको भन्दै उनले आफ्नो कामबाट नै त्यसको जवाफ दिनको लागि नेप्से र बोर्डका नेतृत्वलाई निर्देशन दिएका छन् ।  

उनले बजारमा गर्नु पर्ने थुप्रै काम बाँकि रहेको भन्दै समय तालिका सहितको योजना बनाएर पेश गर्न भनेका छन् ।  त्यसको लागि मन्त्रालयले गर्नु पर्ने सबै सहजीकरण गर्ने उनको भनाई थियो ।  यस अघिको नेतृत्वलाई गलत काम गरेकोले हटाउन परेको उल्लेख गर्दै उनले कोहिप्रति प्रभावित नहुनको लागि सचेत गराएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved