आज शेयर कारोबार नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2022 | 08:34:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आज फागुन १९ गते बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर कारोबार नहुने भएको छ । आज नेपाल सरकारले देशभर सार्वजनिक विदा दिएकोले नेप्से पनि बन्द रहने भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहिबार ग्याल्पो (शेर्पा) ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । सरकारले ग्याल्पो (शेर्पा) ल्होसारको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ-संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

सरकारले यस अघि  माघ १९ गते बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा पनि देशभर सार्वजनिक विदा दिएको थियो। फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ। 

गत मंगलबार पनि महाशिवरात्रीको अवसरमा सार्वजनिक विदा हुँदा नेप्से पनि बन्द भएको थियो । यस संगै यो साता नेप्सेमा ३ दिन मात्र शेयर कारोबार भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved