७ महिना मै पुँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ राजश्व संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2022 | 08:01:03 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेप्सेले पुँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ राजश्व संकलन गरेको छ । नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँग पुँजी बजार रिपोर्टिङ सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा सिडिएस एन्ड क्लियरिङले चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेप्सेले पुँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ संकलन गरेको जनाएको हो ।

अन्र्तक्रिया कार्यक्रमा बोल्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद आचार्यले पछिल्लो समय पुँजीबजारमा लगानीकर्ताको आकर्षण बढेकाले राजश्व संकलन पनि बढ्नेको बताए । उनले पछिल्लो १८ महिनामा ३४ लाखले डिम्याट खाता खोल्ने संख्या बढेको उल्लेख गरे । ३४ लाखले डिम्याट खाता खोल्नेको संख्या बढेर अहिले ५० लाख १९ हजार ८२६ पुगेको सिइओे आचार्यले जानकारी दिए।

आचार्यले डिम्याट खातासँगै मेरो शेयरमा खाता खोल्नेको संख्या पनि पछिल्लो १८ महिनामा बढेर ४१ लाख ३३ हजार २४० पुगेको बताए । उनले गत आर्थिक वर्षमा १४ अर्ब १४ करोड रुपैयाँ राजश्व जम्मा भएकोमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म ८ अर्ब ९० करोड रुपैयाँ राजश्व संकलन भएको बताए ।

उनले भने ,‘पछिल्लो डेर वर्षको अवधिमा ३४ लाख डिम्याट खाता पिसडिएसीमा थपिएका छन् । ५० लाख भन्दा धेरै डिम्याट खाताहरु खोलिएका छन् । त्यस्तै मेरो शेयर एप्समा करिव ७ लाख मेरो शेयरका खाता थिए भने डेर वर्षको अवधिमा ४१ लाख मेरो शेयरका खाताहरु रहेका छन् । यी खाता बढ्दै जाँदा किन यी खाता खोदिए भन्ने कुरा आउँछ।पछिल्लो समय मुलुकभर पुँजीबजारको विस्तार भइरहेको छ । लगानीकर्ताहरु पुँजीबजार प्रति आकर्षित भइरहेका छन्। अहिले आइपीओ भर्ने अत्याधिक रुपमा बढेको छ। सरकारलाई पुँजीबजारबाट आर्थिक वर्ष २०७६/७७ मा ९८ करोड रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०७७/७८मा १४ अर्ब १४ करोड रुपैयाँ र चालु आर्थिक वर्षको माघ मसान्तसम्म ८ अर्ब ९० करोड रुपैयाँ राजश्व उठेको छ । यो वर्ष कर दुई किसिमको छ । छोटो समय कारोबार गर्ने लामो समय कारोबार गर्ने कर बढेको छ । अहिले कर घट्ने क्रममा छ। तर गत आर्थिक वर्षको भन्दा यो वर्ष राजश्व योगदान बढ्ने आकलन छ ।’

त्यस्तै कार्यक्रमा बोल्दै नेपाल स्टक एकसचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीले नेपाली पुँजीबजारको आवश्यकता अनुसार नयाँ स्टक एकचेञ्ज आउनु पर्ने बताए। उनले यसअगाडि आफूले तत्काल नयाँ नयाँ स्टक एकचेञ्ज ल्याउन पहल गर्छ नभनेको स्पष्ट पारे । बजारको आवश्यकतालाई नेप्सेले पूरा गर्न सफल हुनुपर्ने तथा नेप्से त्यही अनुसार लाग्नु पर्ने लाग्नु पर्ने र त्यस्तो गर्न नसके अन्य विकल्प खोज्नु पर्ने देखिएको मात्रै भनेको बताए । उनले सरकारले स्वीकृति दिए नेप्सेले स्वीकृति अनुसार साधरण शेयर आइपिओ जारी गर्ने उल्लेख गरे । अहिले नेपाली पुँजीबजार सुधार गर्नको लागि भएका नीति तथा कानूनमा सुधार गर्नु पर्ने आवश्यकता भएकाले नेप्सेले त्यसैलाई प्राथमिकता दिएर काम गरिरहेको आचार्यले बताए । आचार्यले नेप्सेलाई टेक्नोलोजिक हिसावले बलियो बनाएर लगानीकर्तालाई थप सहज बनाउन नेप्सेले तयारी गरिरहेको उल्लेख गरे ।

उनले भने ,‘नेप्सेले सम्पादन गर्ने काम भनेको हरेक वर्ष बजेट तथा कार्यक्रमबाट स्वीकृत भएका कार्यक्रमलाई बढी प्रभावकारी कसरी हुन्छ । यस्ता कार्यक्रमा सम्पादन गर्ने हो यसमा मेरो योगदान बढी रहने छ । अहिले नेप्सेमा केही कानूनी समस्याहरु छन् । केही प्रविधिगत समस्याहरु छन । तिनीहरुलाई सुधार गरेर छिमेकी देशहरुले स्टक एक्सेन्जहरुको अभ्यास गरिरहेको र केही उपकरणहरु हाम्रो अभ्यासमा छैनन् । ती नयाँ उपकरणहरुलाई नेपाली पुँजीबजारमा प्रवेश गराउने ध्यान गएको छ । त्यसको लागि कानूनी र प्रविधिगत रुपमा हाम्रो जुन टेक्नोलोजि छ त्यसको पनि सुधार गर्नु पर्छ । नेप्से प्रविधिक रुपमा बलियो हुनुपर्छ । हामी सरकारी निकाय भएकाले एउटा सफ्टवयरको लागि पनि धेरै मूल्य पर्ने भएकाले सफ्टवयर तयार हुन एक वर्ष पनि लाग्न सक्छ । हामी चाँडै जिटुजी मार्फत नयाँ सफ्टवयरको बनाएर जान सकिन्छ । त्यसको लागि विद्ययमान रहेका पँुजीबजार बजार सम्बन्धि कानूनमा कार्यविधि सुधार गर्नु आवश्यक छ । नेप्सेलाई पुनसंरचना गर्नुपर्छ भनेर अध्ययन भएको छ । नेप्सेको साधारण शेयर निष्काशन कति गर्ने भन्ने कुरा छलफल तथा अध्ययन गरेर जाने सहमति तथा सरकारले स्वीकृत दिएको अवस्थामा मात्रै अन्तिम रुप पाउँछ । मैले नयाँ स्टक एक्चेन्ज आउनुपर्छ भनेको होइन । हामी बजारको आवश्यकता के हो । अहिले नेप्सेका ग्राहकको आवश्यकता के हो । त्यसलाई पुरा गर्ने नेप्से सफल हुनुपर्छ । त्यसमा नेप्से लाग्नु पर्छ भन्ने हो । त्यो नभए अन्य विकल्प हुनसक्ला भन्ने अवस्था हो ।’

पछिल्लो समय शेयरबजारप्रति आम सर्वसाधारणहरूको आकर्षण बढेसँगै हितग्राही खाता (डिम्याट) खोल्नेहरूको संख्यामा समेत उल्लेखनीय वृद्धि भएकाले नेपाली पुँजीमा पनि वृद्धि हुँदै गएको छ । नेप्सेले ग्रामिण स्तरसम्म पुँजीबजारलाई विस्तार गर्न नयाँ सफ्टवयरहरु निर्माण गरेर कारोबारको लागि सहज बनाउने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved