कुन मूल्यमा भयो इमर्जिङ नेपाल लिमिटेडको पहिलो शेयर कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2022 | 10:50:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा इमर्जिङ नेपाल लिमिटेडको शेयर कारोबार सुचारु भएको छ । आज आईतबारेको स्पेसन प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो । 

कम्पनीको पहिलो कारोबार २८७.१० रुपैयाँमा भएको छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०५ .११ रुपैयाँदेखि ३१५.३३ रुपैयाँको रेन्ज तोकेको थियो । यस रेन्जको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा २८७.१० रुपैयाँमा पहिलो कारोबार भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । कम्पनीको ENL सिम्बलबाट कारोबार सुरु भएको हो। 

 शुक्रबार कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर सुचिकृत भएको थियो  ।  कम्पनीले  एनआईसी एसिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ। यस संगै इमर्जिंङ नेपालको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने लगायत कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु एनआईसी एसिया क्यापिटलले गर्ने छ।

कम्पनीले माघ २६ गतेदेखि आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ११ हजार १ सय १२ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो भने २७ हजार ७ सय ८९ कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए। 

आईपिओमा कुल २३ लाख ३१ हजार २ सय ५८ जनाको आवेदन परेकोमा २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या २३ लाख २८ हजार ७ सय ६ जना कायम भएको थियो । 

योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरीएको थियो । जस अनुसार गोलाप्रथाबाट ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले शेयर पाएका थिए । त्यस्तै शेयर पाएका ५१ हजार ६ सय ७० जनालाई सहभागी गराएर पुन गोलाप्रथा गर्दा ८ जनाले थप १ कित्ता शेयर पाएका थिए । यस हिसाबमा ८ जनाले ११ कित्ता शेयर पाएका छन् ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved