धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा आफ्ना प्राथमिकता र योजना सार्वजनिक (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2022 | 05:34:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताको गुनासो ब्यबस्थापन गर्न एपको विकास गर्ने घोषणा गरेका छन् । बोर्डले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोर्ड अध्यक्ष हमालले लगानीकर्ताको गुनासो सुन्ने, ब्यबस्थापन गर्ने र ट्रयाकिङ गर्ने प्रयोजनको लागि एप बनाउने बताएका हुन् ।

उनले यस एपले लगानीकर्ताले गरेको गुनासोबारे के के काम भयो, कहाँ पुग्यो, त्यसबारे के के भयो भन्ने जानकारी दिने बताए । एचडिएलको उदाहरण दिदै उनले एचडिएलमा अर्डर गरेको कहाँ पुगेको छ भन्ने ट्रयाक गरेजस्तै गुनासोको पनि त्यसगरी ट्रयाक गर्न सकिने खालको एप बनाउने बताए ।

त्यस्तै उनले बजारमा धेरै भन्दा धेरै रियल सेक्टरलाई बजारमा ल्याउन पहल गर्ने बताए । रियल सेक्टर कम्पनीलाई बजारमा ल्याउनको लागि आफुले गर्न सक्ने जति सबै कार्य गर्ने उनले बताएका छन् । त्यस्तै ब्रोकरले पनि आफ्नो छुट्टै टिएमएस चलाउन सक्ने ब्यबस्था गरिने पनि उनले बताए ।

उनले विदेशमा रहेका नेपालीलाई आइपीओमा आरक्षण दिने विषयमा अध्ययन भइरहेको बताए । अध्ययन समिति बनेको र त्यसले दिएको सुझावका आधारमा अघि बढने उनले बताए । त्यस्तै टी प्लस टुमा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने उनले बताए । 

उनले आफ्नो कार्यकालमा बोर्डको क्षमता अभिवृद्धि गर्ने, बोर्डको आफ्नै भवन बनाउन पहल गर्ने, बजारलाई प्रभावकारी बनाउने, बजारमा नयाँ नयाँ प्रडक्ट ल्याउने, वित्तीय साक्षरताको लागि इन्स्टिच्युट बनाउने, कमोडिटी बजारको लागि आवश्यक पर्ने कानुन बनाउने प्रतिवद्दता पनि जनाएका छन् । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved