छ्याङदी हाइड्रोले हकप्रदमा अवितरित शेयर चैत्र १ देखि लिलाम गर्ने, कहाँ दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2022 | 09:10:21 AM मा प्रकाशित

laxmi  sunrise bank

छ्याङदी हाइड्रोपावर  Chhyangdi Hydropower Company ले चैत्र १ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले चैत्र १ गतेदेखि चैत्र ९ गतेसम्म हकप्रदमा अवितरित ५९ हजार ८ सय २७ कित्ता शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको हो।

यस लिलामीको शेयरको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले ग्लोबल आइएमई क्यापीटलको कार्यालय नक्साल र  ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू क्रमशः १)विर्तामोड २) हनुमानदास रोड, विराटनगर ३) जनकपुर ४) आर्दशनगर, वीरगज ५) हेटौडा ६) नारायणगढ ७) न्यूरोड, पोखरा ८) बुटवल-मिलनचोक ९) बाग्लुङ्ग १०) नेपालगंज-त्रिभुवन चोक ११) सुर्खेत १२) घोराही, दाङ १३) धनगढी र १४) महेन्द्रनगरबाट आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १ सय कित्ताको लागि आवेदन दिनु पर्ने छ भने अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ । शेयरको न्युनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ । सबैभन्दा बढी रकम कबुल गर्नेलाई शेयर प्रदान गरिने छ । यदि सबैभन्दा बढी रकम कबुल गर्नेलाई शेयर प्रदान गरिएपछि शेयर बाँकि रहेमा त्यसपछिको बढी मूल्य कबुल गर्नेलाई शेयर प्रदान गरिने छ । शेयर बाँकि रहँदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

छ्याङदी हाइड्रोले  माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो  । हकप्रद निष्काशन गर्दा आवेदन नपरेको शेयर अहिले लिलाम गर्न लागिएको हो ।  कम्पनीले हकप्रद प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने ब्यबस्था थियो।  छ्याङदीले  कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले पुस १ गते कम्पनीले हकप्रदको लागि अनुमति प्रदान गरेको थियो। 

छ्याङदी फेरी अर्को हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।  कम्पनीको हाल बाँडफाँड भएको यो ३० प्रतिशत हकप्रद शेयर बितरण पश्चात् कायम हुने चुक्ता पूँजी रु. ३८,६९,७७,५०० को ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको छ।  दोस्रो हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ५४ करोड १७ लाख पुग्ने छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved