नबिल इन्भेष्टमेण्टद्वारा धनगढीमा पुँजीबजार समबन्धि साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2022 | 10:57:39 AM मा प्रकाशित

nepal oil ltd

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले  सूदुर पश्चिम प्रदेशको धनगढीमा पुँजीबजार समबन्धि साक्षरता कार्यक्रम गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्र सम्बन्धि नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिन र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले  कार्यक्रम गरेको जनाएको छ ।

 हालसम्म प्रदेश नम्बर ४ र प्रदेश नम्बर ७ मा संचालन गरिएको यस्तो कार्यक्रम निकट भविष्यमा देशको सातै प्रदेशमा संचालन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा कम्पनीका ईन्भेष्टमेन्ट बैंकिंग विभाग प्रमुख बिकाशचन्द्र भण्डारीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाईदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुको बारेमा प्रकाश पारेका थिए । 

स्थापना कालको  १२औं वर्ष पुरा गरी १३औं वर्षमा प्रवेश गर्दै गर्दा  कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ । 

५० लाख भन्दा बढी डिम्याट खाता खुली सकेको नेपालको धितोपत्र बजारमा २६ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ । यस्तो अवस्थामा धितोपत्र बजार सम्बन्धि यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाईदाहरु तथा यसबाट हुने जोखिमहरुको बारेमा जानकारी दिनु नै यस कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved