नेप्सेमा २७ लाख कित्ता बढी शेयर सुचिकृत, ४ वर्षदेखि रोक्का रहेको शेयर कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2022 | 03:20:33 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार २७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई गाभेपछि गरिमा विकास बैंकको नाममा हुन आउने २७ लाख २२ हजार ७ सय ६ दशमलव ०४ कित्ता शेयर सुचिकृत भएको हो 

 हाल सुचिकृत भएको २७ लाख २२ हजार ७ सय ६ दशमलव ०४ कित्ता र यस अघि कायम रहेको ३ करोड ६७ लाख ५९ हजार १ सय २६ कित्ता गरि अब गरिमाको कुल सुचिकृत शेयर संख्या ३ करोड ९४ लाख ८१ हजार ८ सय ३२ पुगेको छ। 

गरिमा विकास बैंकले १:१ स्वाप अनुपातमा सहारा विकास बैंकलाई गाभेको हो । यस संगै लामो समयदेखि रोक्का रहेको सहाराको शेयर गरिमाको नामबाट कारोबार फुकुवा भएको छ । नेप्सेमा सहारा विकास बैंकको कारोबार ४ वर्षदेखि रोक्का रहेको छ । सुरुमा देव विकास बैंकले सहरा विकास बैंकलाई गाभ्न लागेको थियो । तर त्यो प्रक्रिया रद्द भएको थियो । त्यसपछि गरिमाले सहारालाई गाभेको हो ।  

गरिमा विकास बैंकले सहारा विकास बैंकलाई गाभेपछि गत कार्तिक २८ गतेबाट एकिकृत कारोबार सुरु भएको थियो  । गरिमा विकास बैंकको नामबाट एकिकृत कारोबार सुरु भएको हो  । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved