५२.३१ अंकले बढ्यो नेप्से, अपि पावर र टेलिकमको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2022 | 03:34:31 PM मा प्रकाशित

laxmi  sunrise bank

 आज बिहिबार शेयर बजार परिसूचक नेप्से ५२.३१ अंकले बढेको छ। आज कारोबारमा आएका २२६ कम्पनीका ५६ लाख १० हजार ६ सय ३१ कित्ता शेयर खरीद बिक्रिबाट २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९ सय ७० रुपैयाँको कारोबार भएको छ । 

जस मध्ये अपि पावरको सबै भन्दा धेरै १६ करोड ६५ लाखको कारोबार भएको छ भने नेपाल टेलिकमको १३ करोड १२ लाख, र एनआईसी एसिया बैंकको १२ करोड ४६ लाखको कारोबार भएको छ । 

आज इमर्जिंग नेपाल लिमिटेडको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.८९ प्रतिशत तथा नेपाल हाइड्रो डेभलपर्सको शेयर मूल्य ८.६५ प्रतिशतले बढेको छ। आज माउन्टेन इनर्जीको शेयर मूल्य सर्वाधिक ३.०८ प्रतिशतले घटेको छ भने नेपाल टेलिकमको शेयर २.०२ प्रतिशतले घटेको छ । 

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन्। जस मध्ये फाइनान्स समुह सबैभन्दा धेरै ५.०६ प्रतिशतले बढेको छ भने विकास बैंक समुह ४.७९ प्रतिशत, तथा हाइड्रोपावर समुह ४.१५ प्रतिशतले बढेको छ । इन्भेष्टमेन्ट समुह भने ४.२ प्रतिशतले बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved