नेप्सेमा डेपुटी सीइओ नियुक्त हुने, उच्च तहका ८ जनाको बढुवा तयारी, ६ जना नयाँ कर्मचारी माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2022 | 08:36:06 AM मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज नेप्सेले ८ जना उच्च तहका कर्मचारीको बढुवा गर्ने भएको छ । नेप्सेले कार्यसम्पादन मुल्यांकनको आधारमा तह ७ देखि तह ११ सम्मका पदमा बढुवा गर्न लागेको हो 

नेप्सेले बढुवाको लागि योग्यता पुगेका उम्मेदवारलाई ३० दिन भित्र आवेदन दिन आग्रह गरेको छ । नेप्सेले १ जनालाई नायव कार्यकारी अधिकृतमा (तह ११), १ जनालाई प्रबन्धकमा (तह १०), १ जनालाई उप प्रबन्धकमा (तह ९), २ जनालाई सहायक प्रबन्धकमा (तह ८) र ३ जनालाई बरिष्ठ अधिकृत (तह ७)मा बढुवा गर्न लागेको हो । तह ११ भनेको नेप्सेमा सीइओ पछिको ठूलो पद हो । यो पदलाई डेपुटी सीइओको रुपमा पनि लिने गरिएको छ  हाल यो पद रिक्त छ । 

त्यस्तै नेप्सेले ४ जनालाई आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको छ । नेप्सेले १ जनालाई उपप्रबन्धक पदमा (तह ९), १ जनालाई प्रबन्धक पदमा (तह ८) र २ जनालाई बरिष्ठ अधिकृत पदमा (तह ७) मा नियुक्त गर्न लागेको हो । यो नियुक्ति भने आन्तरिक प्रतिस्पर्धाबाट हुने छ । नेप्सेले यसको लागि इच्छुक तथा योग्य रहेका उम्मेदवारलाई २१ दिन भित्र र दोब्बर दस्तुर सहित थप ७ दिन भित्रमा आवेदन दिन भनेको छ 

यसको अलावा नेप्सेले खुला प्रतिस्पर्धा मार्फत ६ जना नयाँ कर्मचारी नियुक्त गर्ने भएको छ । नेप्सेले तह १० को प्रबन्धक, तह ८ को सहायक प्रबन्धक, तह ७ को बरिष्ठ अधिकृत र तह ६ को अधिकृत पदमा गरि ६ जना थप कर्मचारी नियुक्त गर्न लागेको हो ।   तह ६ को अधिकृत पदमा नेप्सेले ३ जना माग गरेको छ भने अन्य पदमा समान १-१ जना माग गरिएको छ ।  नेप्सेले यसको लागि इच्छुक तथा योग्य रहेका उम्मेदवारलाई २१ दिन भित्र र दोब्बर दस्तुर सहित थप ७ दिन भित्रमा आवेदन दिन भनेको छ 

खुला प्रतिस्पर्धाको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता :

(क) प्रशासन समूह तर्फको अधिकृत स्तरको पदका लागि नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नात्तकोत्तर उपाधी हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको।

(ख) प्राविधिक समूह तर्फको अधिकृतस्तरको पदका लागि सूचना प्रविधि, कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन वा सम्बन्धित विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको ।

(ग) आन्तिरिक प्रतियोगिताको लागि एक तह मनी कम्तीमा तीन वर्ष सेवा अवधि पूरा गरेको र सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरेको ।

खुला प्रतिस्पर्धाको लागि कार्य अनभव :

तह आठको खुला प्रतियोगितामा सहभागी हुने उम्मेदवारले सरकारी सेवा, निजामती सेवा, विश्वविद्यालय, सामुदायिक विद्यालय वा नेपाल सरकारको पचास प्रतिशत वा सोभन्दा बढी सेयर वा जायजेथामा स्वामित्व वा नियन्त्रण भएको कम्पनी, समिति वा प्रचलित कानून बमोजिम स्थापित वा नेपाल सरकारद्वारा गठित आयोग, संस्था नेप्से, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् वा यस्तै प्रकृतिका अन्य संगठित संस्था वा नेप्सेमा सूचीकृत कम्पनीमा अधिकृत स्तरको पदमा कम्तीमा पाँच वर्ष र सेवाको दसौं तहका लागि त्यस्ता संस्थाहरूमा अधिकृत स्तरको पदमा कम्तीमा सात वर्ष अविच्छिन्न सेवा गरेको हुनुपर्नेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved