मेगा क्यापिटलले दोस्रो म्युचुअल फण्ड संचालन गर्ने, १५ अर्ब बढीको आवेदन बोर्डको पाईपलाइनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2022 | 10:39:07 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा क्यापिटलले दोस्रो सामुहिक लगानी कोष योजना स्नाचालन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै आवेदन दिएको छ ।  क्यापिटलले फागुन ११ गते बोर्डमा आवेदन दिएको छ । 

क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाईले हुन आउने १ अर्ब बराबरको मेगा म्युचुअल फण्ड २ संचालनको लागि अनुमति माग गरेको हो । यो बन्दमुखी प्रकृतिको योजना हो । क्यापिटलले ६ महिना अगाडी मेगा म्युचुअल फण्ड १ को इकाई निष्काशन गरेकोमा हाल नेप्सेमा कारोबार भईरहेको छ ।  

हाल १५ वटा योजनाहरु स्नाचालनको लागि धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा छन् ।  ति मध्ये २ वटा खुलामुखी प्रकृतिका छन् ।  नबिल इन्भेष्टमेन्टले ७५ करोड रुपैयाँ बराबरको नबिल फ्लेक्सी क्याप फण्ड  र लक्ष्मी क्यापिटलले ५० करोड बराबरको शुभ लक्ष्मी कोष नामको खुलामुखी योजना संचालनको लागि अनुमति माग गरेका छन् ।  

बोर्डमा आवेदन दिएका सामुहिक लगानी कोष योजनाहरुको कुल आकार १५ अर्ब ३५ करोड रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved