साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2022 | 04:15:21 PM मा प्रकाशित

laxmi  sunrise bank

साल्ट ट्रेडिङ कर्पोरेशन Salt Trading Corporation Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको आज आइतबार बसेको संचालक  समितिको बैठकले आर्थिक वर्ष ७७ /७८  को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले १० प्रतिशत बोनस र ०.५  प्रतिशत नगद गरि कुल १०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved