
नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज फागुन ३० गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन ३० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:
(क) सामान्य प्रस्ताव
१.संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नु हुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।
२. आ.व. २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।
३. कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०७४/०७५ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा । (साविककै लेखापरीक्षक के.एम.यू. एण्ड एशोसिएट्स चार्टर्ड एकाउण्टेण्टस् पुनः नियुक्तिको लागि योग्य हुनुहुन्छ।)
४. संचालक समितिबाट प्रस्ताव गरे बमोजिम आ.ब. २०७७/०७८ को नाफा नोक्सान हिसावबाट चुक्ता पूँजीको ०.७९% नगद लाभांश (कर प्रयोजनको लागि) रु. १,२०,१२,८९८) पारित गर्ने सम्बन्धमा।
(ख) विशेष प्रस्ताव
१. संचालक समितिबाट प्रस्ताव गरे बमोजिम आ.ब. २०७७/७८ को नाफा नोक्सान हिसावबाट रु.२२,८२,४५,०६१। (१५%अर्थात् प्रत्येक १०० कित्ता बराबर १५ कित्ता) बोनश शेयर जारी गर्ने सम्बन्धमा । (बोनश शेयर जारी गर्दा आउने खण्डित शेवरलाई पछि मिलान गर्ने गरी कम्पनीको हिसावमा राख्ने ।)
२. निम्न विषयका सम्बन्धमा प्रवन्ध-पत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरूमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार संशोधन गर्ने अख्तियारी संचालक समितिलाई ।
(अ) कम्पनीको कार्यालयको ठेगाना सम्बन्धमा ।
(आ) विशेष प्रस्ताव न.१ बमोजिम जारी गरिने बोनस शेयरको हदसम्म जारी पूंजी तथा चूत्ता पूँजी बृद्धि गर्ने सम्बन्धमा ।