नेपाल धितोपत्र बोर्डले वार्षिकोत्सवमा प्रकाशित हुने विशेषांकमा छाप्नको लागि लेख रचना पठाउन आग्रह गरेको छ । बोर्डले धितोपत्र बजार, पुँजी बजार, मुद्राबजार तथा अर्थतन्त्रसँग सम्बन्धित,तथ्यपरक लेख रचना पठाउन आग्रह गरेको हो ।
बोर्डले लेख रचना कम्तिमा २ हजार शब्द हुनु पर्ने र नेपाल वा अंग्रेजी माध्यममा हुन् सक्ने जनाएको छ । बोर्डले [email protected] मा बैशाख मसान्त भित्र लेख रचना पठाउन आग्रह गरेको हो। पठाउने रचना अन्यन्त्र प्रकाशित नभएको र प्रकाशनको लागि नपठाईएको हुनु पर्ने बोर्डले जनाएको छ ।
बोर्डद्वारा जारी सूचनामा भनिएको छ 'बोर्डको बार्षिकोत्सवको अवसरमा नियमितरुपमा धितोपत्र बजार, पुँजी बजार, मुद्रा बजार तथा अर्थतन्त्रसंग सम्बन्धित तथ्यपरक तथा विष्लेषणात्मक लेख/रचना समावेश गरी लेख विशेषाङ्क प्रकाशन गरिदै आएको व्यहोरा सबैलाई विदितै छ। उक्त सम्बन्धमा आगामी जेष्ठ २५ देखि बोर्ड ३०औं वर्षमा प्रवेश गर्ने हुँदा सो अवसरमा "नेपाल धितोपत्र बोर्ड, बार्षिकोत्सव लेख विशेषाङ्क, २०७९" प्रकाशन गरिने भएकोले यस क्षेत्रसंग सम्बन्धित तथ्यपरक तथा विष्लेषणात्मक लेख/रचना (नेपाली वा अङ्ग्रेजी भाषामा, कम्तीमा २००० शब्द, प्रिती वा Times New Roman फन्टमा टाइप गरी) यहि मिति २०७९ बैशाख मसान्तसम्ममा [email protected] मा पठाउनु हुन अनुरोध गरिन्छ। साथै, लेख रचना अन्यत्र प्रकाशित नभएको तथा प्रकाशनको लागि पेश समेत नगरिएको हुनु पर्नेछ तथा लेख/रचना प्रकाशन गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बोर्डमा रहनेछ व्यहोरा समेत अनुरोध छ।'