डाटा सेन्टरमा देखिएको समस्या समाधान भएन, आजको कारोबार १ अर्ब ३४ करोड मै सिमित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2022 | 05:31:17 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकरहरुको डाटा सेन्टरमा आएको समस्या समाधान नभएपछि आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ घण्टा मात्र शेयर कारोबार भएको छ। नेप्सेले सूचना जारी गर्दै ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्या आएकोले सो समस्या समाधान नहुँदासम्मको लागि भन्दै १२ बजेर ५३ मिनेटमा कारोबार रोकेको थियो । 

नेप्सेले डाटा सेन्टरमा प्राविधिक समस्या आएकोले सो समस्या समाधान नहुँदासम्म  कारोबार केहि समय रोकिने जनाए पनि समस्या समाधान नभएपछि आज थप कारोबार नै नभएको हो ।  

१२ बजेर ५३ मिनेटपछि आज शेयर कारोबार भएन। यस संगै आज नेप्से सूचक ०.१५ अंकले बढेर २६६८.११ को बिन्दुमा पुगेको छ । आज २२० कम्पनीको २३ लाख ४९ हजार १० कित्ता शेयर खरीद बिक्रिबाट १ अर्ब ३४ करोड २२ लाख् ३२ हजार ८ सय ३९ रुपियाँको कारोबार भएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved