नेपाल लाइफ इन्स्योन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2022 | 09:36:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योन्स कम्पनीको लाभांश सुरक्षित गर्ने चैत्र ६ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

 कम्पनीले चैत्र २१ गते बिरगंजको होटेल भिष्वामा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७६/ ७७ को मुनाफाबाट १४.७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।प्रस्तावित लाभांशमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७३६८ प्रतिशत नगद रहेको छ।  साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा उक्त लाभांश वितरण हुनेछ। 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

सामान्य प्रस्ताव :

१) संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७६/०७७ को वासलात, नाफा-नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।

३) लेखापरीक्षण समिति र संचालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/७८ को लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त गरी नियुक्त लेखापरीक्षक एस.ए.आर. एण्ड एशोसिएट्सको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने ।

४) संचालक समितिले प्रस्ताव गरे बमोजिम ०७३६८% नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजनार्थ) वितरण गर्न स्वीकृत गर्ने ।

५) संचालक समितिमा संस्थापक शेयरधनी समुह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरूको निर्वाचन गर्ने ।

बिशेष प्रस्ताव

१) संचालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । बोनस शेयर जारी पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई तदनुरूप बृद्धि गर्ने । बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।

२) कम्पनीको हाल कायम पूँजी संरचनामा सस्थापक र सर्वसाधारण शेयरको ६०:४० अनुपातलाई परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र तदनुरूप प्रवन्धपत्र र नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने ।

३) प्रवन्धपत्र र नियमावलीमा गरिने संशोधन/थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन एवं परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने ।

४) कम्पनी ऐन को दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७६/७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved