
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएलजी इन्स्योरेन्स NLG Insurance Company को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ७९९.०९ रुपैयाँ कायम भएको छ । समायोजन अगाडी कम्पनीको शेयर मूल्य प्रति कित्ता ८७९ रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज चैत्र ६ गते बुक क्लोज गर्ने निर्णयले आज मूल्य समायोजन भएको हो । चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा कम्पनीको लाभांश पाउन सक्ने छन् ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :
सामान्य प्रस्ताव :
(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी स्वीकृत गर्ने सम्बन्धमा ।
(२) लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तको वासलात, आ.व. २०७७/०७८ को नाफा-नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने सम्बन्धमा ।
(३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा।
(४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७७/०७८ को मुनाफाबाट प्रस्तावित बोनस शेयरमा लाग्ने कर रकमको समायोजनका लागि रु.६३,४७,४३७/-०.५२६३ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने ।
(५) विविध ।
विषेश प्रस्ताव :
(१) सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आ.व. २०७७/०७८ को मुनाफावाट चुक्तापुँजी रु. १,२०,६०,१३,०५०/- (अक्षरेपी एक अर्व बीस करोड साठी लाख तेह्र हजार पचास रुपैया) को १० (दस) प्रतिशतको दरले रु. १२,०६,०१,३०५ /(बाह करोड छ लाख एक हजार तिन सय पाँच मात्र) बराबर वोनस शेयर वितरण गर्ने । वोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने।
(२) यस सभामा प्रस्तावित बोनस शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि भई रु. १,३२,६६,१४,३५५/ (एक अर्ब बत्तीस करोड छैसाठी लाख चौध हजार तीन सय पचपन्न रुपैयाँ) पुग्ने हुँदा सोही अनुसार जारी तथा चुक्तापुंजी प्रबन्धपत्रको दफा ५ (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा ।
(३) प्रवन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरवदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी दिने ।
(४) विविध ।
(ग) सर्वसाधारण लगानीकर्ता (शेयरधनीहरूको समुह "ख") बाट प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकहरूको निर्वाचन गर्ने सम्बन्धमा । निर्वाचन सम्बन्धी कार्यक्रम निर्वाचन अधिकृतले कम्पनीको केन्द्रिय कार्यालय, पानीपोखरी (लाजिम्पाट) सूचनापाटीमा प्रकाशित गरेबमोजिम हुनेछ ।