नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल लाइफ इन्स्योन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १४ प्रतिअशत बोनसमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०८५.०९ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२३७ रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :
सामान्य प्रस्ताव :
१) संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने ।
२) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७६/०७७ को वासलात, नाफा-नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने ।
३) लेखापरीक्षण समिति र संचालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/७८ को लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त गरी नियुक्त लेखापरीक्षक एस.ए.आर. एण्ड एशोसिएट्सको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने ।
४) संचालक समितिले प्रस्ताव गरे बमोजिम ०७३६८% नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजनार्थ) वितरण गर्न स्वीकृत गर्ने ।
५) संचालक समितिमा संस्थापक शेयरधनी समुह (क) बाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरूको निर्वाचन गर्ने ।
बिशेष प्रस्ताव
१) संचालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । बोनस शेयर जारी पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई तदनुरूप बृद्धि गर्ने । बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।
२) कम्पनीको हाल कायम पूँजी संरचनामा सस्थापक र सर्वसाधारण शेयरको ६०:४० अनुपातलाई परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र तदनुरूप प्रवन्धपत्र र नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने ।
३) प्रवन्धपत्र र नियमावलीमा गरिने संशोधन/थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन एवं परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने ।
४) कम्पनी ऐन को दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७६/७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने ।