नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2022 | 10:53:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद गरि कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी रु १,२४,२३,३८,५६४।- को ११ प्रतिशतका दरले हुने वोनश शेयर रु १३,६६,५७,२४२।- (तेह करोड छैसट्टि लाख सन्ताउन्न हजार दुई सय बयालिस मात्र) र नगद लाभांश (वोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ) ०.५७८९ प्रतिशतले हुने रु ७१,९२,४८६।- (एकहत्तर लाख बयानब्बे हजार चार सय छयासी मात्र ) वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved