कर्पोरेट डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित १ लाख कित्ता बढी शेयर लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2022 | 08:40:17 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्पोरेट डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित शेयर चैत्र १६ गतेदेखि लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित सर्वसाधारण समुहको १ लाख २० हजार १ सय २० कित्ता शेयर लिलाम गर्ने भएको हो ।  

उक्त लिलामीको शेयरमा चैत्र २४ गतेसम्म आवेदन दिन सकिने छ ।  आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि अधिकतम सबैकित्ताको लागि आवेदन दिन सकिने छ ।  यसमा जो कोहि, व्यक्ति, तथा संघ संस्थाले आवेदन दिन सक्ने छन्  ।   

 सिभिल क्यापिटलको कार्यालय सुन्धारा, सिभिल बैंक लिमिटेड शाखा कार्यालयहरु क्रमशः विराटनगर, वीरगंज, पोखरा, सुर्खेत, नेपालगंज र धनगढीबाट लिलामीको शेयरमा आवेदन दिन सकिने छ। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको रजिष्टर्ड कार्यालय तथा शाखा कार्यालयहरूः वीरगंज-१३, आदर्शनगर, पर्सा; वीरगंज-२५, ड्राईपोर्ट, पर्सा; वीरगंज-३१, चोर्नी, पर्सा; वीरगंज-८, बसपार्क, पर्साबाट पनि आवेदन दिन सकिने छ।

शेयरको न्युनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएकोले सो भन्दा बढी मूल्य कबोल गरि आवेदन दिनु पर्ने छ  । सबै भन्दा बढी रकम कबोल गर्नेले शेयर पाउने छन् भने त्यसपछि पनि शेयर बाँकि रहेमा शेयर बाँकि रहेसम्म बढी रकम कबुल गर्नेलाई क्रमश शेयर वितरण हुने छ  । शेयर लिलाम प्रक्रियाको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

कम्पनीले माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १०० कित्ता बराबर डेढ सय कित्ताका दरले  ३० लाख कित्ता सेयर हकप्रद बिक्रि खुला गरेको थियो । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो । 

अहिले कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्तापुंजी २० करोड रहेको छ। डेढ सय प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात कर्पोरेटको चुक्तापुंजी ५० करोड पुग्नेछ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved